October 6th, 2020

एनआईसी एशिया बैंकले ग्राहकको खाताबाट पैसा निकाल्यो

बैंकिङ खबर । एनआईसी एशिया बैंकमा राखिएको पैसा बैंक खाताबाटै ग्राहकलाई थाहै नदिएर सुटुक्क बैंक आफैले निकालेको छ । बैंक खाताबाट रकम हराएपछि खोजि गर्दै जाँदा रकम बैंक आफैले निकालेको भेटिएको हो । रकम झिकिएको सूचना पाएपछि खातावाल सो को खोजि गर्दै बैंक पुगेका हुन् । आफैले पैसा झिकेपछि पैसा किन झिकियो भन्ने कारण माग गर्दा बैंकले कारण दिन सकेको छैन । बैंकको खातामा राखिएको रकम एकाएक गायब भएपछि खोजि गर्दै जाँदा बैंक आफैले रकम झिकेको पत्ता लागेको पीडित ग्राहकले बताएका छन् । एनआईसी एशिया बैंकको लहान सिराहामा एक संस्थाको नाममा रहेको करिव ३ लाख रुपैयाँ एनआईसी एशिया बैंकले खातावालालाई थाहै नदिई रकम निकालेको हो । बैंकबाट स्टेटमेन्ट ल्याउँदा रकम हराएको पाइएपछि रकमको खोजि भएको थियो । रकम खोज्ने क्रममा उक्त रकम बैंक आफैले निकालेको भेटिएको खतावालले जनाएका छन् । उक्त स्टेटमेन्ट अनुसार ग्राहकको खाताबाट बैंकले दुइपटक गरी रकम निकालेको छ । खातावालाले रकम खोजि गर्ने क्रममा खाताबाट रकम गायब भएपछि बैंकसँग स्टेटमेन्ट माग गर्दा पटकपटक गरी रकम निकालेको स्टेटमेन्टमा देखिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]