Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा जागीर खुल्यो

२०७३ श्रावण १८ गते

सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । कम्पनीले २ जना आईटी इन्जिनियर र ५ जना बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । खुला प्रतियोगिताबाट करारमा सो पदपूर्ति गरिने बताइएको छ । आईटी इन्जिनियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक्स वा कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ भने वरिष्ठ सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, जनप्रशासन वा व्यापार प्रशासन वा कानुन विषयमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ । 

हेर्नुस्, कम्पनीद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

cds cds1 cds2