
प्रदिप खतिवडा-
सार्वजनिक निकायले आफ्नो जिम्मेवारी पुरा गर्न एवम विकासका कार्यहरु सञ्चालन गर्न आवश्यक पर्ने वस्तु तथा सेवा र निर्माण सम्बन्धि मालवस्तुहरुलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद ऐन २०६३ ले सार्वजनिक खरिद भन्नाले सार्वजनिक खरिद ऐन २०६३ वमोजिम सार्वजनिक निकायले कुनै मालवस्तु परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण कार्य गर्ने गराउने कार्यलाइ जनाएको छ ।
सार्वजनिक खरिदमा सामानका प्रकारहरु (Types of public procurement )
वस्तु खरिद
अन्य सेवा खरीद
परामर्श सेवा खरीद
सार्वजनिक खरिदको उद्धेश्य (propose of public procurement )
-नियमितता
-मितव्ययीता
-कार्यदक्षता
-कार्यप्रभावकारीता
-औचित्यता
सार्वजनिकनिकायलाइ आवश्यक पर्ने मालवस्तुहरु उपलबध गराउनु
सार्वजनिक खरिद कार्यलाइ प्रचलित ऐन नियम तथा कार्यविधि वमोजिम सञ्चालन गरी वैधानिकता प्राप्त गर्नु
सार्वजनिक निकायको समग्र कार्य सम्पादन स्तर अभिवृद्धि गर्नु
सेवा प्रवाहमा सेवाग्राहि र सेवा प्रदायकको विचमा असल सम्बन्ध स्थापना गर्न सहयोग गर्नु
सार्वजनिक खरिदलाइ पूर्ण प्रतिस्पर्धी बनाई वित्तीय पारदर्शिता र सुशासन प्रवद्र्धन गर्नु
सबै सार्वजनिक निकायले एकै प्रकारको खरिद प्रकृया अवलम्बन गरी सार्वजनिक खरिदको एकरुपता कायम गर्नु