Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ प्रणालीमा झण्डै ३६ अर्ब तरलता

२०७३ श्रावण १३ गते

liquidity 1बैंकिङ प्रणालीमा हाल ३५ अर्ब ८८ करोड रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष भएको भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण बैंकिङ प्रणालीमा अधिक तरलता भएको थियो । त्यति बेलादेखिको तरलता अझै कायम छ र राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । गत आर्थिक २०७२/७३ वर्षभरीमा राष्ट्र बैंकले पटक–कपटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७३/७४ मा पनि अधिक तरलता प्रशोचनका लागि राष्ट्र बैंकले दुई पटक रिभर्स रिपो तथा एक पटक ट्रेजरी बिल जारी गरिसकेको छ । साउन ६ गते १० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले साउन ५ गते फेरी १० अर्बको रिपो जारी गरेको छ । त्यसअघि केन्द्रीय बैंकले साउन पहिलो साता १० करोडको ट्रेजरी बिल जारी गरेको थियो ।