Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५८ हजार ४ सय पुग्यो सुनको भाउ 

२०७३ श्रावण ११ गते

goldमङ्गलबार सुनको भाउ बढेको छ । आइतबार र सोमबार सामान्य घटेको सुनको भाउ मंगलबार तोलाको २ सय रुपैयाँका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५८ हजार ४ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार १ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ५८ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेो थियो भने तेजावी सुन तोलाको ५७ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य पनि मंगलबार तोलाको ५ रुपैयाँका दरले बढेको छ । सोमबार तोलाको ८ सय ८० रुपैयाँका दरले कारोबार भइरहेको चाँदी मंगलबार तोलाको ८ सय ८५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।