बैंकिङ खबर । बैंकवित्तको सेवा र निर्धारित समयका लागि ग्राहकले बैंकको वेभसाइट भिजट गर्दा सहज हुने भएको छ । सबैजसो बैंकहरुले आआफ्नो वेभसाइटमा खुल्ला रहने शाखाको ठेगानासहित फोन नम्बर र सम्पर्क व्यक्तिको नाम उल्लेख गरेका छन् । अधिकाँस बैंकहरुको सेवा विहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछन् । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आधारभूत बैंकिङ सेवा सुचारु रहने छ । नगद जम्मा, भुक्तानी, बैंक ट्रान्सफर, चेक क्लियरिङ जस्ता कामहरु सुचारु छन् । नेपाल राष्ट्र बैंकले सूचना जारी गरी आधारभूत सेवा निरन्तर राख्न सम्पूर्ण बैंकवित्तहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरुमा निषेधाज्ञा जारी गरेपछि अन्य सेवाहरु ठप्प प्राय छ । व्यापार व्यबसायहरु पनि बन्द छन् । बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने आधारभूत बैंकिङ सेवा स्वास्थ्य सुरक्षाका मापदण्ड कायम राखेर संचालन गरिएका छन् । राष्ट्र बैंकले विद्युतीय कारोबार बढाउन जोड दिएको छ । त्यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु पनि संचालन हुने राष्ट्र बैंकले जनाएको छ । बैंकवित्तका शाखाहरु भने आंशिक रूपमा खुल्ने छन् । निश्चित समयका लागि आलोपालो गरेर कर्मचारी परिचालन गरिने छ । बैंकवित्तको खुल्ला रहने शाखाको विवरण र सम्पर्क व्यक्तिको फोन नम्बर संस्थाको वेबसाइटमा उल्लेख गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बैंकिङ शैली
कुन बैंकको कुन शाखाबाट कारोबार हुन्छ ? सम्बन्धित बैंकको वेभसाइट हेनुहोला
२०७७ भाद्र ४ गते
