Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाली बजारमा अन्तर्राष्ट्रिय प्रभाव : ५८ हजार २ सयमा झर्यो सुनको भाउ

२०७३ श्रावण १० गते

goldआइतबार तोलाको १ सय रुपैयाँका दरले सस्तिएको सुन सोमबार पनि सामान्य सस्तिएको छ । सोमबार सुनको भाउ तोलाको २ सय रुपैयाँका दरले घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ५८ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५७ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ४ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार १ सय ५० रुपैयाँ थियो । 

हाल सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै गिरावटको क्रममा रहेकाले नेपाली बजारमा पनि सोको प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको भाउ प्रति औस १ हजार ३ सय २३ अमेरिकी डलर कायम रहेकोमा सोमबार १ हजार ३ सय १७ अमेरिकी डलरमा ओर्लिएको छ ।  

सोमबार चाँदी भने तोलाको १० रुपैयाँका दरले महँगिएको छ । आइतबार तोलाको ८ सय ७० रुपैयाँका दरले कारोबार भइरहेको सुन सोमबार तोलाको ८ सय ८० रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।