२०७७ श्रावण २ गते

मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरु

विष्णु ढकाल,

मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा पार्ने सकारात्मक, नकारात्मक प्रभाव 

सकारात्मक प्रभाव

१. नयाँ तथा प्रकृयामा रहेका लघुवित्त वित्तीय संस्थाका लागी इजाजत दिन बन्द गरिएको । जसका कारण तिब्र प्रतिश्प्रर्धा तथा ग्राहक दोहोरो पनामा कमि आउने । नयाँ ग्राहक छनौटमा सुविधा प्राप्त हुने । ग्राहक खोसाखोस रोकिने ।

२. हाल देखिएको कर्मचारी तानातानको अवस्थामा कमी आउने । स्थाइत्व र सक्षम कर्मचारीको परिपूर्ति हुँदै जाने ।

३. यसअघि ७ लाख सम्म कर्जा लगानी गर्ने सिमा रहेकोमा अबदेखि १५ लाख सम्म कर्जा लगानी गर्न पाइने व्यवस्थाले लघुवित्त वित्तीय संस्थाहरुको व्यवसाय वृद्धि हुनेछ । कर्जा आकारको वृद्धिसंगै लघुवित्त वित्तीय संस्था तथा आबद्ध सम्पूर्ण कार्यसन्चालन प्रकृयाको व्यवसायीकतामा समेत वृद्धि हुँदै जानेछ ।

४. व्याजदरकै कारण लघुवित्त वित्तीय संस्थाहरुलाई नयाँ सामन्तको रुपमा चित्रण गर्दै आएको एउटा वर्गको अबदेखि बोली बन्द हुनेछ । लघुवित्त वित्तीय संस्थाहरुले अन्य वित्तीय संस्थाहरुसंग व्याजदरमा प्रतिश्प्रर्धा गर्न सक्नेछन् । लघुवित्तको व्याज धेरै भयो भनि चर्को आलोचना गर्ने गाउँघरका ठुलाठालु पनि लघुवित्त वित्तीय संस्था प्रति आकर्षित हुनेछन् । जसले लघुवित्त वित्तीय संस्थाको व्यवसाय वृद्धिमा सहयोग नै पु¥र्याउने छ ।

५. ब्याजदर तथा सेवा शुल्कमा आएको कमिका कारण नयाँ लघुवित्त वित्तीय संस्थहरुलाई अस्तित्व जोगाउन हम्मेहम्मे पर्नेछ । जस्ले मर्जर वा प्रप्तीलाई प्रोत्साहीत गर्नेछ । जसको कारण लघुवित्त वित्तीय संस्थाहरुको संख्या घट्ने छ । बाँकी रहने संस्थाहरु मजबुत हुँदै जानेछन् ।

६. व्याजदर तथा सेवा शुल्कमा आएको कमिले संञ्चालन खर्च कमगर्न लघुवित्त क्षेत्रलाई प्रविधी मैत्री बनाउनु पर्नेछ । जसका कारण यस क्षेत्रको विकास तथा विस्तारमा सहयोग पुग्नेछ ।

७. “क” “ख” “ग” वर्गका वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई प्रभाव गर्ने कर्जामा ०.५० प्रतिशत मात्रै सेवा शुल्क लिन पाउने व्यवस्थाले लघुवित्त वित्तीय संस्थाहरुको संञ्चालन खर्चमा कमी आउने छ ।

८. लघुवित्त वित्तीय संस्थाहरुले आफूसंग भएको रकम लामो समय मुद्धती खातामा राखेर व्याज खाने परम्पराको अन्त भएको छ । जसले व्यवसाय वृद्धिमा श्रोतको परिचालन केन्द्रित गर्न मद्दत पुग्नेछ ।

९. अन्य लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको वडाहरुमा मात्रै शाखा कार्यालय खोल्न पाइने व्यवस्थाले वित्तीय पहुँच नपुगेका स्थानहरुमा पहुँच विस्तारमा सहयोग पुग्नेछ । दोहोरोपना कम हुनेछ ।

नकारात्मक प्रभाव

१. हरेक वर्ष ५० औं प्रतिशत लाभाँश खान पल्केका वा त्यही वरावरको लाभाँश खाने लोभले खोलेका लघुवित्त वित्तीय संस्थाका मालिकहरुको चर्को दवाव लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनले भोग्नुपर्ने हुनसक्छ । जस्को प्रभाव संस्थागत तथा कर्मचारीको वृति विकासमा पर्नसक्ने सम्भावना रहन्छ ।

२. व्याजदरका कारण ग्राहकहरुको क्षमता वृद्धि लगाएतका कार्यक्रममा पनि प्रभाव पर्नेछ ।

३. बैंक वित्तीय संस्थाबाट लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको व्यजदर बढी हुने तथा भरपर्दो श्रोतको अभाव हुने अवस्थामा लघुवित्त वित्तीय संस्था संञ्चालनमा कठिनाइ उत्पन्न हुनेछ । यसका अलावा बाँकी सकारात्मक नकारात्मक प्रभाव समयले देखाउँदै जाला । लेखक  : गणपति लघुवित्त वित्तीय संस्थाका डेपुटी सिइओ हुन् ।