बैंकिङ खबर । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राहालेद्घारा आयोजित कार्यक्रममा फलेवास नगरपालिका ०६ देबीस्थान अन्र्तगत शान्तिचौर महिला समाजमा डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति स्वरुप प्रमाणपत्र र नगद रु. ६०००। कर सहित हस्तान्तरण गरिएको छ । शाखाका शाखा प्रबन्धक जीत नारायण चौधरीले सदस्य मन कुमारी कुंवरकी छोरी मनिसा कुंवरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
शाखाका लेखापाल सुबोध पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो ।
यसका साथै यस कोभिड–१९ महामारीको समयमा सबै ग्राहक सदस्यहरुलाई सजग र सचेत भई कार्य गर्न सल्लाह दिनुभयो । उहाँले पटक पटकको लकडाउनले आर्थिक रुपमा समस्यामा रहेका आफ्ना ग्राहकलाई मध्यनजर गर्दै मिति २०७७ अषाढ मसान्त भित्र कर्जा÷किस्ता तिर्ने सदस्यलाई ब्याजदरमा ३ प्रतिशत छुट दिने बताउनुभयो ।
