Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५८ हजार २ सयमा ओर्लियो सुनको भाउ

२०७३ श्रावण ६ गते

goldनेपाली बजारमा सुन सस्तिएको छ । बिहीबार सुनको मुल्य तोलाको ५ सय रुपैयाँका दरले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा खरिदविक्रि भइरहेको छ भने तेजावी सुन तोलाको ५७ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ५८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ४ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

त्यस्तै, चाँदीको मुल्य विहीबार २५ रुपैयाँले घटेको छ । बुधबार तोलाको ९ सय रुपैयाँका दरले कारोबार भएको चाँदी विहिबार तोलाको ८ सय ७५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।