Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर नीतिमा छलाङ : ब्रोकरको कमिशन ४० प्रतिशत घट्यो

२०७३ श्रावण ५ गते

dhitopatraशेयर ब्रोकरको कमिशन ४० प्रतिशत घटेको छ । अर्थमन्त्रालयले बुधवार शेयर दलाललाई लगानीकर्ताले बुझाउनु पर्ने कमिशन ४० प्रतिशतले घटाउने निर्णय गरेको हो । यससँगै अब शेयर लगानीकर्ताले कारोबार रकमको आधारमा शेयर दलाललाई ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म मात्र कमिशन बुझाए हुन्छ । यसअघि लगानीकर्ताले ०.७ देखि १ प्रतिशतसम्म कमिशन बुझाउँदै आएका थिए ।  

नयाँ व्यवस्थाअनुसार, ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म ० दशमलव ६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.५ प्रतिशत, ५ लाखदेखि माथी ०.४ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँनेछन् । हाल धितोपत्र खरिदबिक्री गरिदिए बापत ब्रोकर कम्पनीले ५० हजार रुपैयाँसम्म १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.९ प्रतिशत, ५ लाखदेखि १० लाखसम्म ०.८ प्रतिशत र १० लाख भन्दा माथि ०.७ प्रतिशत सेवा शुल्क लिन पाइने कानूनी व्यवस्था रहेको छ ।

नयाँ कमिशन दर बिहीबारदेखि नै लागू गर्ने विषयमा धितोपत्र बोर्डमा छलफल चलिरहेको बताइएको छ ।