बैंकिङ खबर । कोरोना भाइरसका कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ७ पुगेको छ । दैलेख दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा रहेका युवकको र्मत्यू भएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको शनिबार विहान निधन भएको हो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पृष्टि गरेको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी १० दिन अघि भारतको गुजरातबाट फर्किएका थिए ।
नेपाल राष्ट्र बैंक
कोरोना संक्रमणबाट दैलेखमा एक युवकको मृत्यु, मृतकको संख्या ७ पुग्यो
२०७७ जेष्ठ १७ गते