Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाले विमान कम्पनीहरूलाई ठूलो आर्थिक घाटा

२०७७ जेष्ठ १६ गते

•विश्वको शीर्ष एयरलाइन्सको रेभिन्यु जनवरी २०२० को तुलनामा मे सम्ममा ६२ प्रतिशतसम्मले गिरावट

कोरोनाभाइरस संक्रमण र लकडाउनका कारण विश्वव्यापी रुपमा एयरलाइन्सलाई धेरै घाटा परीरहेको छ । संक्रमण र लकडाउनका कारण विश्वभर एयरलाइन्स सेवा बन्द गरीएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय एयरपोर्टहरू बन्द छन् । जसका कारण एयरलाइन्स उद्योगले लगातार घाटा सहिरहेको छ । विश्वको शीर्ष एयरलाइन्सको रेभिन्यु जनवरी २०२० को तुलनामा मे सम्ममा ६२ प्रतिशतसम्मले गिरावट आएको छ । कोरोना महामारीलाई बढ्नबाट रोक्न थुप्रै एयरलाइन्सलाई बन्द गरीएको छ । धेरै एयरलाइन्सले यात्रा क्षमता र कामदारहरूलाई घटाएका छन्, र हालसम्म एयरलाइन्स सेवा पूर्ण रुपमा सुरू गरिएको छैन । माहामारीको अन्त्य कहिलेसम्म हुने भन्नेबारेमा पनि निश्चित नभएका कारण कहिलेसम्म र कतिसम्म घाता व्यहोर्नुपर्ने हो भनेर विश्वयापी रुपमा नै अन्यौलता सिर्जना भएको छ ।

Ad