बैंकिङ खबर । नेपालमा थप ११४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।
यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमित मध्ये हालसम्म १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।