बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आब अन्तर्गत मौद्रिक नीतिको तेस्रो त्रैमास समिक्षा रिपोर्ट सार्वजनिक गर्दै २०७६ चैत सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको जनाएको छ । वाणिज्य बैंकहरुले २०७७ असार मसान्तभित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था रहेकोमा २०७६ चैत मसान्तसम्म १८ वाणिज्य बैंकहरुले रु. ५२ अर्ब ६० करोडको ऋणपत्र जारी गरेको विवरण्मा उल्लेख छ ।