Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले करिब ६० करोड बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गर्ने

२०७७ जेष्ठ १३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५८ करोड ४५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ४६ करोड रुपैयाँ १ वर्ष मुद्धति निक्षेपमा र १२ करोड ४५ लाख रुपैयाँ कल निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंक लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागले विभागबाट सञ्चालित विभिन्न आयोजनाहरुको कोषमा रहेको मौज्दात रकम लगानी गर्नु पर्ने भएकाले केन्द्रीय बैंकबाट ईजाजतपत्रप्राप्त तोकिएको उल्लेखित शर्तहरु पूरा गरेका इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट आफूले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत केन्द्रीय बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी कुल लगानी योग्य रकम मध्ये लिन चाहेको रकम खोली विभागमा बुझाउन अनुरोध गरेको छ ।

शर्तहरु : 

क) बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको ।

ख) बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको ।

ग) निष्कृय कर्जा (एन.पि.ए.) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको ।

घ) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।

ङ) कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको ।

च) निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (ब्यवस्था पछिको) मा रहेको ।

छ) रियल स्टेट कर्जा बैंकबाट तोकेको सीमा भन्दा बढी नभएको ।

ज) लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।

झ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको ।

ञ) बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोभए सो फुकुवा भएको छ महिना अवधि पूरा भएको ।

ट) सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको ।

Ad