Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनाबाट प्रभावित कम्पनीहरूलाई जापानले ९३० अर्ब डलरको राहत प्याकेज दिने

२०७७ जेष्ठ १३ गते


जापानले कोरोना भाइरसबाट प्रभावित कम्पनीहरूलाई जोगाउन ९३० अर्ब डलरको नयाँ राहत प्याकेज दिने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले सोमबार जापानभर कोरोना भाइरस सम्बन्धी आपतकालको अन्त्यको घोषणा गर्दै यो जानकारी दिएका थिए । उनले सोमबार टोक्यो सहित बाँकी पाँच प्रान्तहरूमा पनि आपतकालिनकाल बन्द गरे ।

यस हप्ता नयाँ राहत प्याकेज आउन सक्ने
आबेले यस थप राहत प्याकेजले यस हप्ताको अन्त्य सम्ममा मन्त्रिपरिषद्को स्वीकृति लिन सक्ने बताएका छन् । यस नयाँ प्याकेजको साथ, जापानले कोरोनाभाइरस विरुद्ध लड्न हालसम्म घोषणा गरेका सबै प्याकेजहरूको कुल आकार १.९ करोड डलर पार गर्ने छ । यस अघि सरकारले ११७ लाख करोड येनको प्याकेज दिइ सकेको छ ।

Ad