Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निश्चित शर्तमा रहेर उद्योग सञ्चालन गर्न अनुमति दिइने

२०७७ जेष्ठ १२ गते

बैंकिङ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मापदण्डमा रहेर उद्योग सञ्चालन गर्न अनुमति दिने बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निश्चित सर्तमा रहेर उद्योग चलाउन अनुमति दिने बताउनुभएको हो । यस्तै उहाँले कोरोना महामारीको असरबाट क्षति भएका उद्योग क्षेत्रमा राहत ल्याउने समेत बताउनुभयो। यस्तो राहतमा करमा सहुलियत, कर्जाको ब्याज सहुलियत, शुल्क मिनाह र सहज ऋणको उपलब्धता जस्ता सुविधा पर्नेछन् ।

Ad