Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तेस्रो त्रैमासमा २१ विकास बैंकको नाफा १०.३९% वृद्धि

२०७७ जेष्ठ १२ गते

चालू आवको तेस्रो त्रैमासमा वाणिज्य बैंकको तुलनामा विकास बैंकको नाफा वृद्धिदर बढी रहेको छ । यस अवधिमा २७ ओटा वाणिज्य बैंकको औसतमा मुनाफा गत आवको तुलनामा २ दशमलव ३६ प्रतिशत मात्र बढी छ तर २१ ओटा विकास बैंकको नाफा भने औसत १० दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।

तेस्रो त्रैमासमा २१ विकास बैंकले कुल रू. ४ अर्ब ५५ करोड नाफा कमाएका छन् । यो नाफा गत आवको यही अवधिमा रू. ४ अर्ब १२ करोड थियो । विकास बैंकमध्ये सबैभन्दा बढी मुनाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । उसले रू. ६७ करोड ६० लाख नाफा कमाएको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा ८ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा बैंकले रू. ६२ करोड ५५ लाख नाफा कमाएको थियो । बढी मुनाफा कमाउने दोस्रो र तेस्रोमा गरिमा र लुम्बिनी विकास बैंक रहेका छन् । चालू आवको तेस्रो त्रैमासमा २१ बैंकमध्ये ७ बैंकको नाफा घटेको भने बाँकीको नाफा वृद्धि भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, देव विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, सहारा विकास बैंक, सिन्धु विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा घटेको हो । २१ मध्ये ३ बैंक देव विकास बैंकलाई कुमारी बैंकले, सहयोगी विकास बैंकलाई सिटिजन्सले र गण्डकीलाई मेगा बैकले प्राप्ति गर्ने भएका छन् ।\

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad