बैंकिङ खबर । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।
यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या ५८४ सय पुगेको छ । संक्रमित मध्ये हालसम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
