स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट शुल्क तिरेर आरडिटी र पिसिआर परिक्षण गर्न दिने निर्णय गरेको बताउनुभएको छ । यसबाट परीक्षणको दायरा बढ्ने उनको विश्वास छ ।
अब प्रयोगशालाले मान्यता दिएका सार्वजनिक संस्थामा लक्षण नदेखिएका भएपनि टेष्ट गराउन मन भएका स्वदेशी तथा विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण तोकिएको शुल्क तिरेर गराउन सक्नेछन् । परीक्षणको दररेट भने संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने छन् । यसअघि कोरोना विदेशबाट आएका, लक्षण देखिएका रसंक्रमितको सम्पर्कमा पुगेका मानिसलाई मात्रै कोरोना परीक्षण गर्ने गरीएको थियो ।
नेपाल राष्ट्र बैंक
अब लक्षण नदेखिएकाले पनि स्वेच्छाले कोरोना परीक्षण गर्न पाउने : स्वास्थ्य मन्त्रालय
२०७७ जेष्ठ ६ गते