Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना भाइरस प्रकोपले अर्थतन्त्रमा गम्भीर असर प-यो : प्रधानमन्त्री

२०७७ जेष्ठ ६ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको प्रकोपले गर्दा आवश्यकता बढेको तर उत्पादन र आम्दानी घटेकोले अर्थतन्त्रमा गम्भीर असर परेको बताउनुभएको छ । उहाँले निजी क्षेत्रलाई मात्रै नभई सरकार आफु पनि बलियो बनेर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै, देशमा कुल गार्हस्थ उत्पादन बढ्ने, अरु सूचकाङ्क बढ्ने तर आम नागरिकको जीवनस्तर खस्कदै गएपछि त्यसको कुनै अर्थ नहुने बताउनुभयो ।

त्यस्तै, संसदमा बोल्ने क्रममा प्रधानन्त्रीले आयका श्रोतहरु कमजोर हुँदै गएको बताउनुभयो । उहाँले ‘उत्पदानमा भएको ह्रास, रेमिट्यान्समा भएको ह्रासले अर्थतन्त्रलाई कमजोर पारेको उल्लेख गर्नुभयो । त्यसैले अर्थतन्त्रलाई उकास्न विकास गर्नुपर्ने र कृषि क्षेत्रको उत्पादनमा लाग्नुपर्नेमा उहाँको जोड छ ।

Ad