भारतको नयाँ दिल्लीमा सरकारले लकडाउनमा छुट दिंदै सबै बजार खुला गर्न अनुमति दिएको छ। बजार खोल्न अनुमति दिएपनि अधिकांश कर्मचारीलाई घरबाटै काम गर्न प्रेरित गर्नुपर्ने बताइएको छ। मुख्यमन्त्री केजरीवालले सार्वजनिक यातायात पनि खोल्ने बताएका छन्। लकडाउनकै दौरान दिल्लीमा बस, अटो र ट्याक्सी सेवा सुचारु हुनेछ । यसको साथै सरकारी कार्यालयहरू पनि खुल्दै छन् । सोमबार साँझ दिल्लीवासीहरूलाई सम्बोधन गर्दै केजरीवालले कोरोना नामको यो रोग छिट्टै नहट्ने बताए । उनले भने, “हामीले कोरोनासँग बस्ने बानी बसाल्नु पर्छ । अहिलेसम्म बन्दमा हामीले यस महामारीको लागि आफ्नो तयारी पूरा गरिसकेका छौं । अब हामीले अर्थतन्त्रलाई हेर्नुपर्नेछ।“ उनले भने यसको बावजुद हामी सबै कुरा सँगै खोल्न सक्दैनौं, त्यसैले हामी बिस्तारै कदम चालिरहेका छौं।