Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो

२०७७ जेष्ठ ५ गते

 नेपालमा सोमवार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले थप ५३ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । आज  कोरोना देखिएका संक्रमितहरु १८ वर्ष देखि ४६ वर्ष समुहका रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये २ सय ९८ पुरुष र ५९ जना महिला रहेका छन् । यो सँगै संक्रमितको संख्या ३५७ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Ad