Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चालु आर्थिक वर्षको नौ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढ्यो

२०७७ जेष्ठ ५ गते

६५.१ प्रतिशत घरजग्गाको धितोमा मात्रै

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक तथा वित्तीय स्थितीले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको देखिएको छ । २०७५ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १४.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १२.८ प्रतिशत, निर्माण क्षेत्रतर्फ १२.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १४.७ प्रतिशत र सेवा क्षेत्रतर्फ १९.२ प्रतिशतले कर्जा बढेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २४.७ प्रतिशत, ओभरड्राफ्ट कर्जा ७.८ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १५.९ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा ११.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ४.४ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।

Ad