बैंकिङ खबर । पछिल्ला केही महिनामा विश्व नाटकीय रूपमा परिवर्तन भएको छ । कोरोना महामारीले विश्व अर्थतन्त्रलाई अकल्पनीय क्षति र मानव जीवनको अभूतपूर्व नोक्सानी र्पुयाएको छ । महामारीको कारण विश्वभरका देशहरूको अर्थव्यवस्था प्रभावित भएका छन् । व्यापार उद्योग क्षेत्रमा नगद को अभाव छ । कोरोनाकोबाट बच्ने उपायहरूले मानव गतिविधिहरूलाई नकरात्मक प्रभाव पारेको छ । हाल सबै आर्थिक गतिविधिहरूको अन्त्य प्राय भएको छ । यस्तो अवस्थामा तलब कटौती, कर्मचारी कटौती शुरू भएको छ । मनोचिकित्सक र मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार कोभिड १९ को महामारीको कारणले विश्वमा जागिर गुमाउने डरले आतंक निम्त्याएको छ । हालको यस संकटको कारण मानीसहरूमा संक्रमण र मृत्यु, साथै आर्थिक अनिश्चितता र रोजगार गुमाउने ठुलो डर छ ।
आर्थिक अनिश्चितता र जागिर गुमाउने डर
हाल अधिकांश व्यक्तिहरू आर्थिक अनिश्चितता र रोजगारी गुमाउनुपर्दा तनावको सिकार भएका छन् । धेरै व्यक्तिहरू घर भित्रै बंद भएको महसुस गरिरहेका छन् भने केहि अलग जीवनशैली अपनाउन बाध्य छन् । डिप्रेसनकोे मुख्य लक्षणहरू चिन्ता र तनाव हो । यस कारणले गर्दा, मानिसहरू राम्ररी सुत्न सक्दैनन् न उनीहरू राम्ररी खान सक्दछन् । यस कारण, मानिसहरू डिप्रेसनको शिकार हुन सक्छन् ।
कोरोना भाइरससँगको सामना
विश्वभरका अनुसन्धानकर्ता र चिकित्सा विशेषज्ञहरूका अनुसार हामीले अब कोरोना भाइरससँग सामना गर्न सक्नुपर्दछ, यो चिन्ताको विषय होइन, किनकि हाम्रो शरीर र वरपर असंख्य भाइरस र ब्याक्टेरिया छन् । हामीले सावधानीपूर्वक उपचारका स्रोतहरू जुटाउनु पर्छ । यस्तो अवस्थामा हामीले धेरै व्यवहारहरु पनि परिवर्तन गर्नु आवश्यक छ ।
कोरोनासँग डट्न सबैको शानदार प्रदर्शन
सबै प्रयासहरूको बावजुद कोरोना भाइरस संक्रमणको नयाँ केसहरु र मृत्युको संख्या बढिरहेको छ । यस्तो अवस्थामा, सरकार, समाज र अस्पतालहरूले विशेष सावधानी र सतर्कता अपनाउनु आवश्यक छ । हालसम्म सरकारले आफ्नो तवरबाट अहिले सम्म दिएको छुटलाई ठूलो जिम्मेवारी र उत्तरदायित्वको साथ प्रयोग गर्नुपर्दछ । हालसम्म यस काममा संलग्न सबै व्यक्तिहरूले आफ्नो कर्तव्य शानदार तरीकाले प्रदर्शन गरीरहेका छन् । नागरिकहरूले सरकार र सेवाकर्मीलाई पनि सहयोग गरेका छन् ।
अफवाहमा नपरौं
वर्तमान समयमा, सूचना इन्टरनेटको माध्यमबाट आँखा झिमिक्क पार्दा नै संसारको गतिविधि थाहा हुन्छ । सञ्चरकर्मीहरु यस्तो विपदको बेलामा पनि जनतालाई समाचार प्रवाह गर्न खटिरहेका छन् । यस्तो आतंकको बिच सबैको ध्यान सूचनामै छ तर कहिलेकाही समाचारको रूपमा नराम्रा प्रचार, अफवाहहरू फैलिरहेका छन् । त्यस्ता समाचारहरू, जुन तथ्यमा आधारित हुँदैन र जसमा कुनै सत्यता छैन त्यस्ता नक्कली समाचारहरु जसको अभिप्राय सूचना वा शिक्षा होइन, समाजमा आतंक मच्चाउनु हो । यस्तो समाचारले संकटको घडीमा झनै त्रास ल्याउने हुदा आधिकारीक समाचारमा मात्र पाठकको ध्यान जानु पर्दछ ।
समस्या सबैतिर, धैर्य र संयमताको खाचो
धनी र शक्तिशाली देशहरूमा पनि अस्पताल, स्वास्थ्यकर्मी, मास्क, औषधिहरूको अभाव भइरहेको छ । यही समस्या हाम्रो देशमा पनि छ । संक्रमण रोकथाम गर्न, सम्भावित संक्रमितलाई जाँच्न र उपचार गर्न हर सम्भव प्रयास भइरहेको छ । सरकारी विभाग र मिडियाद्वारा सुरक्षित साथ, संक्रमित मानिसहरुसंँग संक्रमण वा सम्पर्क को सम्भावना छ कि भनेर जाँच्न सन्देश निरन्तर प्रसारित भइरहेको छ । यसर्थ समस्या सबैतिर नै व्याप्त छ यस समयमा धैर्य र संयमताको खाचो छ ।