Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आजबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

२०७७ जेष्ठ ४ गते

आजबाट संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु शुरू हुदैछ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते प्रस्तुत गर्नुभएको थियो । सोहि विषयमा आजदेखि छलफल सुरू हुने भएको हो । बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेस गर्ने जनाइएको छ । नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुदैछ ।  नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले संशोधन प्रस्ताव पेश गर्न सक्ने छन् । नीति तथा कार्यक्रम पारित भएपछि संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउन सहज हुनेछ ।
छलफलका लागि आज आइतबार ११ बजे संसद बैठक बस्दै छ ।

Ad