Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

धुलिखेलमा मृत्यु भएकी महिलामा देखियो कोरोना पोजिटिभ

२०७७ जेष्ठ ३ गते

कोरोना संक्रमणको आशंका गरिएकी महिलाको धुलिखेल अस्पताल मृत्यु भएपछि उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । हाल अस्पताल आसपास क्षेत्रमा उच्च सतर्कताका साथ सावधानी अपनाइएको छ। यसबारे थप विवरण संकलन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला समेत पठाइएको थियो उक्त परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपनि उनको मृत्युको कारण कोरोना हो, होइन भन्नेबारे थप अनुसन्धान भइरहेको छ । यस विषयमा मन्त्रालयले आवश्यक अध्ययन गरीरहेको जनाएको छ। उनको बिहीबार राति मृत्यु भएको थियो।

Ad