Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बेलायत असाधारण मन्दीको सामना गर्दै : बेलायती अर्थमन्त्री

२०७७ जेष्ठ ३ गते

बेलायतका अर्थमन्त्री ऋषि सुनकले बेलायतले असाधारण मन्दीको सामना गरिरहेको बताएका छन् । कोरोना भाइरस महामारीको कारण लागू भएको लकडाउनका कारण चालू वर्षको पहिलो त्रैमासिकमा बेलायतको अर्थतन्त्र दुई प्रतिशतले झरेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
सुनोकले बेलायतले आर्थिक निर्णय लिन अग्रसर रहेको र रोजगारी बचाउन धेरै कदम चालेको बताएका छन् ।
उनले यस वर्ष ब्रिटेनले असाधारण मन्दीको सामना गर्नुपर्ने बताउदै अहिले नै निकट भविष्यको बारेमा अनुमान गर्नु हतार हुने बताएका छन् । उनले हाल बेलायत अभूतपूर्व आर्थिक अनिश्चितताको युगमा बाँचिरहेको र अहिले केवल जनताको स्वास्थ्य बचाउने बारे सोचिरहेको बताए ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्चको अन्त्यमा अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएका थिए । यस अवधिमा जति उत्पादनमा गिरावट आएको छ त्यति २००८–०९ को विश्वव्यापी वित्तीय संकटमा आएको थियो ।

Ad