Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विदेशबाट फर्कनेलाई व्यवसाय गर्न सरकारले पुँजी उपलब्ध गराउने

२०७७ जेष्ठ २ गते

बैंकिङ खबर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम घोषणा गर्नुभएको छ । यसमा वैदेशिक रोजगारीबाट फर्केकालाई सुरुवाती पुँजी उपलब्ध गराउने आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको छ । भण्डारीले कोरोना महामारीका कारण श्रमिकको रोजगारी जान सक्ने भएकाले विदेशबाट फर्कनेको लागि देशमै रोजगारी सृजनाका गर्न सीप र क्षमताको आधारमा व्यवसाय गर्न सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गर्नुभएको छ । सरकारले महामारीका कारण विदेशबाट फर्किरहेका नेपाली कामदारलाई कृषि, पूर्वाधार, उद्योग र निर्माण सेवाका क्षेत्रमा परिचालन गर्ने जनाएको छ ।

Ad