नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ। आज साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको हो ।
