बैंकिङ खबर । बैंकका कर्मचारीलाई नेपाल राष्ट्र बैंकले नयाँ पास उपलव्ध गराएको छ । गृहमन्त्रालयले यसअघिका सबै पास रद्द गरेपछि बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास उपलब्ध गराएको हो । काठमाडौं उपत्यकामा तीनवटा जिल्ला सँगै रहेका छन् । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरेपछि जेठ १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले छुट्टै पास जारी गरेको हो । राष्ट्र बैंकले ३ जिल्लालाई मान्य हुनेगरी पास वितरण गरेको हो । लकडाउनपछि लगातार रुपमा बैंकवित्तले सेवा सूचारु गरीरहेका छन् । काठमाडौं उपत्यका बाहिर स्थानीय प्रशाशनसँग समन्वयन गरेर बेंकहरुले सेवा दिँदै आएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवतजावतमा कडाई गरेको छ ।