नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा उक्त संक्रमित भेटिएका हुन् । उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
