बैंकिङ खबर । आजदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिएको छ । अब जुनसुकै कार्यालय वा संस्थाका सवारी साधनले पनि तोकेको समयमा मात्र सवारी चलाउन पाइने छ । यसमा सरकारी कार्यालयहरुलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय पुगीसक्नुपर्ने र साँझ साढे ३ बजेदेखि ५ बजेसम्ममा फर्कीसक्नुपर्ने छ ।
तरकारी तथा अत्यावश्यक खाद्य सामग्री भने बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने छ । औषधि र खानेपानीको सवारी साधनको हकमा भने टाइम कार्ड लागू हुने छैन । यसमा अत्यावश्यक काम परेको खण्डमा समय अघि पछि हुन गएमा प्रहरीलाई जानकारी गराएर मात्र निस्कनु पर्ने बताइएको छ ।