आज १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा आज बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज संक्रमण देखिएका १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म उमेर समूहका रहेका छन्। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ सय पुगेको छ भने २२ जना उपचारपछि निको भएका छन् ।