Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारी १० वटा वाणिज्य बैंकका सेयर होल्डर !

२०७७ बैशाख २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा बस्दा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएकाले अधिकारीले पनि आफ्नो व्यक्तिगत सम्पति विरिण सार्वजनिक गरेका हुन् ।

गभर्नर महाप्रसाद अधिकारीसँग ललितपुरमा घर, ललितपुरमा जग्गा, मकवानपुरमा जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २७ तोला सुन र ५० तोला चाँदी छ भने बैंक तथा वित्तीय संस्थामा १२ लाख रुपैयाँ बचत छ । सम्पत्ति विवरण अनुसार गभर्नर अधिकारीको सबैजसो सम्पत्ति श्रीमती सरिता अधिकारीको नाममा रहेको छ । गभर्नर अधिकारीसँग १ करोड रुपैयाँ बराबरको सेयर रहेको छ । गभर्नर अधिकारीले पेश गरेको विवरणमा नबिल बैंक, हिमालयन बैंक, सिदार्थ बैंक, बैक अफ काठमाण्डू, सनराइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकमा प्राथमिक र दोस्रो बजारबाट खरीद गरिएको सेयर रहेको देखिएको छ । जस अनुसार बैंकहरुमा २७ हजार १८४ कित्ता अर्थात करीव ४८ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर रहेको छ । यसैगरी अन्य जलविद्युत आयोजनामा २७ हजार ९ सय २९ कित्ता सेयर (४० लाख १७ हजार रुपैयाँ) बराबरको सेयर रहेको छ ।

 

Ad