विजय लघुवित्त वित्तीय संस्था लिमिटेडमा सहायकदेखि सहायक शाखा प्रवन्धकसम्मका विभिन्न तहमा जागीर खुलेको छ । केही सहायक शाखा प्रबन्धक, एक जना निरिक्षण अधिकृत, एक ऋण अधिकृत, केही सहजकर्ता सहायक र केही सहायक प्रशिक्षार्थीको लागि कम्पनीले दरखास्त आह्वान गरेको हो ।
सहायक शाखा प्रबन्धकमा आवेदन दिने आवेदकले मान्यताप्राप्त शिक्षणसंस्थाबाट स्नातक वा सोसरह उत्तिर्ण गरेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । त्यस्तै निरिक्षण अधिकृत र ऋण अधिकृतमा आवेदन दिने आवेदकले व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने तथा कुनै पनि लघुवित्तमा वरिष्ठ सहायक वा सोभन्दा माथिल्लो पदमा रहेर कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै सहजकर्ता सहायक र सहायक प्रशिक्षार्थीको लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट प्रवीणता उत्तीर्ण गरेको हुनुपर्नेछ । सहजकर्ता सहायकका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्ष काम गरेको अनुभव हुनुपर्ने बताइएको छ ।
इच्छुक, कम्पनीले तोकेबमोजिम योग्यता पुगेका र कम्पनीको तोकेको स्थानमा गएर काम गर्न सक्ने नेपाली नागरिकले साउन १३ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । विस्तृत जानकारीका लागि कम्पनीको फोन नम्बर ०७८५०३१२२ मा प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ ।


