Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्धारा सरकारी खाताको विवरण नयाँ ढाँचामा पेश गर्न निर्देशन

२०७७ बैशाख २२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त सम्पुर्ण वाणिज्य बैंकहरुलाई हाल ती बैंकमा रहेका सम्पूर्ण सरकारी खाताहरु अध्यावधिक गर्न तथा हाल सम्म नखोलिएका खाताहरु खोल्न निर्देशन दिइसकिएकोमा उक्त समायवधिलाई थप गरी बैशाख मसान्त भित्र सम्बन्धित निकायहरुको समन्वयमा सम्पूर्ण खाता खोली अध्यावधिक गरी बैशाख मसान्त सम्मको कारोबारलाई जेठ १ गतेदेखि नयाँ ढाँचामा पेश गर्न निर्देशन दिएको छ ।

यसरी बैशाख मसान्तभित्र सरकारी खाता अद्यावधिक गराएका वाणिज्य बैंकहरुले नयाँ ढाँचा बमोजिम केन्द्रीय बैंकको बैंकिङ कार्यालय तथा सम्बन्धित प्रदेशका लागि तोकिएका कार्यालयहरुमा अनिवार्यरुपमा प्रतिवेदन पेश गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

Ad