Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

साना तथा मझौला उद्योग संकटमा

२०७७ बैशाख २१ गते

एक महीना लामो लकडाउनका कारण व्यवसाय ठप्प हुँदा यति बेला साना तथा मझौला उद्योगअन्तर्गतका व्यवसाय संकटमा परेका छन् । व्यवसाय संकटमा परेपछि समग्र अर्थतन्त्रसमेत यसबाट प्रभावित हुनसक्ने सरोकारवालाहरू बताउँछन् ।

अर्थविद डा. गोविन्द नेपालका अनुसार कोरोना संकटका कारण हाल साना तथा मझौला उद्योग नै विश्वमा सबैभन्दा बढी प्रभावित भएका छन् । यस क्षेत्रसँग सम्बद्ध उद्योगी, कर्मचारी सबैको अवस्था त्यति बलियो पनि नहुने भएकाले यस्तो बेलामा यो क्षेत्र धेरै जोखिममा हुन्छ । सानो जोखिम मोल्न नसकेर पनि यस्ता उद्योग चाँडै बन्द हुन सक्छन् । यस्ता उद्योगलाई संकटबाट जोगाउन सरकारले अल्पकालीन राहत, सुपथ मूल्यमा ऋण तथा चालू पूँजी बराबरको पुनर्कर्जा दिने व्यवस्था गर्न सके चाँडै पहिलेको अवस्थामा फर्काउन सकिने उनले बताए । सबैभन्दा बढी रोजगारी दिने क्षेत्र पनि यही भएकाले यस्ता उद्योगलाई संकटबाट जोगाउन राज्यले उचित निर्णय लिनुपर्ने उनको भनाइ छ । यसअन्तर्गत पर्ने रेस्टुराँ, हस्तकला उद्योग, पोल्ट्री उद्योगलगायत उद्योगले करीब २४ लाख मान्छेलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी उपलब्ध गराएका छन् भने देशको कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान दिइरहेका छन् । हाल पोल्ट्री उद्योगले दैनिक करीब २२ करोडको नोक्सानी बेहोर्नु परेको छ । रेस्टुराँ व्यवसाय महीनांै दिनदेखि ठप्प छ । काठमाडौं, चितवन र पोखरामा मात्र करीब २ हजार ५०० सय रेस्टुराँ सञ्चालनमा छन् भने उनीहरूको दैनिक कारोबार ७ करोड बराबरको छ । अहिले त्यो सबै ठप्प रहेको छ । त्यसैगरी करीब १० लाख मानिसलाई रोजगारी दिएको हस्तकला उद्योगसमेत नराम्ररी थला परेको छ ।

पोल्ट्री उद्योगको दैनिक क्षति रू. २२ करोड
लकडाउनपश्चात् पोल्ट्री उद्योगले दैनिक २२ करोडको क्षति बेहोर्दै आएको छ । यति बेला कुखुरापालक, अण्डा उत्पादक किसान, व्यवसायी र ⋲ाचरी उद्योगीहरू समेतलाई लकडाउनले गर्दा व्यवसाय संकटमा परेको पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले बताए । उनका अनुसार अहिले उत्पादनले बजार भाउ पाएको छैन भने ढुवानी अभैm सहज हुन सकेको छैन । प्रत्येक हप्ता करीब ५० लाख नयाँ उत्पादित चल्ला गाड्नु परिरहेको छ । कच्चा पदार्थको अभावमा दाना उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न नसक्दा किसानका खोरमा रहेका लेयर्स कुखुराले समेत दाना खान नपाएर अण्डा उत्पादनमा कमी आएको छ ।

सामान्य अवस्थामा १ सय पेटी अण्डा उत्पादन गर्ने फार्मको उत्पादन घटेर १५÷२० पेटीमा झरेको उनले बताए । माउ कुखुरालाई समेत दानाको अभावले गर्दा मोल्टिङ प्रविधि (पानी मात्र खुवाएर बचाउने विधि) मार्फत बचाएर राख्ने काम भएको छ । ‘उधारोको पैसा नउठेको र हाल उत्पादित वस्तुले बजार भाउ राम्रो नपाउँदा अहिले धेरैजसो कुखुरापालक किसानसँग दाना किन्नसमेत पैसा छैन,’ उनले भने ।

रेस्टुराँ व्यवसायको अवस्था
लकडाउन शुरू हुनुभन्दा केही समय अघिदेखि नै प्रभावित भइसकेको रेस्टुराँ व्यवसाय विगत १ महीनादेखि ठप्प छ । रेस्टुराँ व्यवसायीहरूलाई यति बेला कर्मचारीको तलब, घरभाडा र ऋणको ब्याज तिर्न समस्या परेको छ । व्यवसाय ठप्प भए पनि नियमित तिर्नुपर्ने ब्याज, कामदारको तलब, घरभाडाले पिरोलिरहेको रेस्टुराँ एण्ड बार एशोसिएशनका अध्यक्ष अरनिको राजभण्डारीले बताए । उनका अनुसार १ महीनादेखि आम्दानी ठप्प हुँदा कुनै पनि भुक्तानी गर्न सकिएको छैन । लकडाउन खुले पनि तत्कालै व्यवसाय चल्न मुश्किल भएकाले कर्मचारी घटाउनुपर्ने देखिन्छ । तर, कर्मचारीहरूलाई कामबाट निकाल्दा ३/४ महीनापछि व्यवसाय राम्ररी चल्न शुरू भएपछि कामदार पाउन समस्या हुन्छ । त्यसैले कसरी व्यवसाय जोगाउने भन्ने विषयमा टुंगोमा पुग्न नसकिएको उनको भनाइ छ । काठमाडौं, पोखरा र चितवनमा रहेका करीब २५ सय रेस्टुराँमा करीब ५० हजार कामदार कार्यरत छन् । तिनलाई व्यवस्थापन गर्न र लकडाउनको अवधिको तलब खुवाउन समस्या भइरहेको व्यवसायीहरूले बताएका छन् ।

हस्तकलाको निर्यात शून्य
यति बेला हस्तकला उद्योगहरूसमेत संकटको चपेटामा परेका छन् । नेपालमा उत्पादित हस्तकलाका ७५ प्रतिशत सामग्री विदेश निर्यात हुने गर्छ । तर, लकडाउनका कारण बा⋲य उडान बन्द हुँदा निर्यात ठप्प रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए । हस्तकला उद्यमीहरूले फेब्रुअरीको मध्यदेखि मे महीनाको अन्त्यसम्ममा सबै उत्पादन सकेर उत्पादित वस्तुलाई जुन महीनासम्ममा विदेश निर्यात गरिसक्नुपर्ने हुन्छ । तर, यही समयमा लकडाउन भएका कारण निर्यात रोकिएको उनले बताए । आयातकर्ताहरूले यति बेला नयाँ अर्डर दिएका छैनन् भने पुराना अर्डर पनि रद्द गरेका छन् । पर्यटक ठप्प भएकाले आन्तरिक बजारमा समेत हस्तकलाका सामान लकडाउन खुले पनि विक्री हुने सम्भावना कम छ । लकडाउन खुले पनि हस्तकला उद्योग तुरुन्तै पूर्ववत् अवस्थामा आउन सक्ने देखिँदैन ।

हस्तकला उद्यमी महेश्वर श्रेष्ठले आफ्नो करीब २० करोडको सामान निर्यात हुन नसकेको बताए । निर्यात गर्ने समयमा नै लकडाउन भएकाले कर्मचारीहरूलाई तलब दिन समस्या रहेको उनी बताउँछन् । उनको उद्योगमा २ हजार कामदार कार्यरत छन् । लकडाउन २ हप्ताजति लम्बियो भने हस्तकला उद्योगका करीब आधाभन्दा धेरै कामदारको रोजगारी गुम्न सक्ने उनले बताए ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

 

Ad