बैंकिङ खबर । एशियाली विकास बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न २५० मिलियन अमेरिकी डलर (३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्नुका साथै तीन लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच भएको संवादका क्रममा खतिवडाले कोरोना भाइरससँग लड्न नेपाललाई थप सहयोगका लागि आग्रह गरेका थिए। एडीबीका अध्यक्षले सदस्य राष्ट्रलाई द्रुत बजेटरी सहायतास्वरूप ऋण सहयोग प्रदान गर्ने कार्यलाई तीव्रता दिइरहेको बताउँदै नेपाललाई पनि सहयोग गर्ने जनाएका छन् । वार्तामा कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका विषयमा बैंकले गर्न सक्ने सहयोगका विषयमा समेत छलफल भएको थियो।
नेपाल राष्ट्र बैंक
एडिबिद्धारा नेपाललाई ३० अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सहयोगको प्रतिवद्धता
२०७७ बैशाख १८ गते