Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एडीबीद्धारा भारतलाई कोरोना विरुद्ध लड्न १.५ अर्ब डलर लोन स्वीकृत

२०७७ बैशाख १७ गते


बैंकिङ खबर । एसियाली विकास बैंक (एडीबी) ले मंगलबार भारतको कोरोना भाइरस महामारी विरूद्ध लड्न सहयोग गर्न १.५ अरब डलरको लोन स्वीकृत गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम र उपचार र गरिबहरुलाई वित्तीय सुरक्षा जस्ता प्राथमिकताहरुका लागि एडीबीले यस लोन स्वीकृत गरेको हो । एडीबीका अध्यक्ष Masatsugu Asakawa ले यस अभूतपूर्व चुनौतीको बिरूद्ध लड्न भारत सरकारलाई सहयोग गर्न एडीबी प्रतिबद्ध रहेको बताएका छन् ।
उनले फंडको छिटो वितरण सहयोगको ठूलो प्याकेजको एक हिस्सा भएको जुन एडीबीले सरकार र अन्य विकास साझेदारहरु संग समन्वयमा प्रदान गर्ने बताएका छन् ।
एडीबीका अध्यक्षले एक विज्ञप्ति मार्फत आफुहरु भारतको कोरोना भाइरस प्रतिक्रिया कार्यक्रमलाई समर्थन गर्न तयार रहेको र भारतका जनता, विशेष गरी गरिब र खाँचोमा परेका मानिसहरूलाई प्रभावकारी सहयोग पुर्याउने सुनिश्चितता व्यक्त गरेका छन् ।

Ad