बैंकिङ खबर । कोरोनाको प्रकोप विश्वभर तिब्र गतिमा फैलिरहेको छ, महामारीबाट बच्ने उपायहरुकोबीच यतिखेर आर्थिक कारोवार गर्दा विद्युतीय कारोवारलाई अघि बढाइएको छ । आज हरेक आफ्नो सुरक्षा बारे सतर्क छन् । वास्तवमा, कोरोना एक अर्कासंगको सम्पर्कले फैलदै छ । यसलाई ध्यानमा राख्दै, व्यक्तिगत दूरी कायम राख्न निर्देशन भएको छ । तर संक्रमित हातबाट नोट गन्दा कोरोनामात्र होइन, अन्य अरु सरुवा रोग पनि सर्न सक्ने सम्भावना हुन्छ ।
राष्ट्र बैंकले पनि नगद भन्दा अधिक डिजिटल कारोबार गर्न सुझाव दिएको छ । हाल डिजिटल भुक्तानीहरूको संख्यामा पनि वृद्धि देखिएको छ । त्यसैले कोरोना युगमा तपाईंले केहि खरीद गर्दै हुनुहुन्छ, भने कसरी सुरक्षित लेनदेन गर्नेबारे याद राख्नुहोस् । डिजिटल भुक्तानीले धेरै सुरक्षा सुविधाहरु सहित उपभोक्ताहरुको हितको रक्षा गर्दछ, यसमा ग्राहकहरु पनि सावधान हुनुपर्छ । नेपालमा हाल सञ्चालित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले समेत विद्युतीय कारोवारलाई नै प्रोत्साहन गरेका छन् । आफ्ना आर्थिक कारोवारलाई सहज, सरल र पारदर्शी बनाउन डिजिटल माध्यमबाट नै आर्थिक कारोवार गर्न र गराउन सरकार र नियामक निकायले प्रोत्साहन गरिरहेका छन् । हाल नेपाली बजारमा करिब रु पाँच खर्बभन्दा बढी भौतिक नोटको रहेको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ । अब यसमा डिजिटल कारोबार गर्न सकेको भए नोटको छपाइमा खर्च हुँदै आएको पैसा बचत हुने थियो । आजको बैंकिङ सुविधा पहिलेजस्तो खाता खोल्ने, बचत गर्ने र बचतलाई ऋणका रूपमा लगानी गर्ने ऋणमा मात्र सीमित छैन । आम नागरीकको व्यस्त दैनिकीलाई सघाउँदै किनमेल तथा भुक्तानी सहज बनाएर उपभोक्ताको समय, श्रम र खर्च घटाउनमा डिजिटल बैंकिङले राम्रो सुविधा दिइरहेको छ । हाल धेरै जनाले घरेलु तथा कार्यालयको बिलहरु जस्तैः फोनको बिल, टीभी, इन्टरनेट, पानी, बिजुली, बत्तीहरुको महसुल भुक्तानी गर्न डिजिटल भुक्तानीको माध्यमलाई प्रयोग गरीरहेका छन् । अब पहिले जस्तो बैंक कार्यलयसम्मै पुगेर लाइन बसेर पैसा झिकेर किनमेलका लागि बजार गइरहनुपर्ने झन्झट छैन । डिजिटल कारोबारबाट बैंक तथा वित्तीय संस्थामा अनावश्यक भीडमा नियन्त्रण आउँछ भने उपभोक्ताको समयको बचतका साथै वर्तमान संकटको समयमा सुविधा लिन सहज हुनेछ ।
स्वच्छता
जब तपाईं एक सम्पर्क रहित डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर भुक्तान गर्नुहुन्छ, भने तपाईं भौतिक मुद्रा लेनदेनबाट टाढा हुनुहुनेछ । यदि बारम्बार नोट र सिक्का साटासाट गरियो भने, कीटाणुहरूको जोखिम बढ्छ । यसले सम्भव भएसम्म डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुहोस् ।
सुविधाजनक र छिटो
तपाईंले आवश्यक चीजहरू किन्दा नगद दिने हो भने रसिदको लागि पर्खनु पर्दछ । तर डिजिटल लेनदेनका लागि कार्ड मेसीनमा तपाईको कार्ड स्वाइप गर्नुहोस् ,तपाईं काम सकियो ।
इंस्टेंट अलर्टस्
हरेक लेनदेनको लागि इंस्टेंट एसएमएसले तपाइलार्ई कार्ड प्रयोगको बारेमा सूचित गर्दछ । सम्पर्क रहित कार्डबाट कारोबार गर्दा, तपाईं जहिले पनि नियन्त्रणमा हुनुहुन्छ किनकि तपाईंलाई भुक्तान काउन्टरमा कार्ड डेलिभर गर्न आवश्यक पर्दैन । त्यसैले अबको उत्तम विकल्प भनेको नै नोटको कारोबार कम गरि विद्युतीय कारोबारमा जोड दिनु हो ।





