Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोनासँग जुध्न ईयूले नेपाललाई ९ अर्ब ८० करोड सहयोग गर्ने

२०७७ बैशाख १६ गते

बैंकिङ खबर । युरोपेली संघ (ईयू) ले नेपाललाई कोरोना भाइरससँग जुध्न ७ करोड ५० लाख युरो अर्थात् ९ अर्ब ८० करोड रुपैयाँको सहायता प्याकेज दिने भएको छ। यो सहयोग ईयूले दिँदै आएको सहयोगका रुपमा नेपाल सरकारले खर्च गर्न पाउने गरी बजेटरी सहयोग दिएको हो। यो रकम सरकारले नै खर्च गर्न पाउँनेछ ।
नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोदीले नेपाल र युरोपेली संघसँगको मित्रतालाई ध्यानमा राख्दै ईयूले संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणमा सहयोग गर्ने उल्लेख गरेकी छन् । साझेदारहरुलाई भाइरस रोकथाम तथा आर्थिक गतिबिधिका लागि सहयोग गर्नका ईयूले स्रोतहरु जुटाएर २० अर्ब युरोको कोषको व्यवस्था गरेको छ।

Ad