Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले भन्यो ढुक्क हुनुहोस्ः १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति छ

२०७७ बैशाख ९ गते

नेपाल राष्ट्र बैंकले १० महिनाको आायत धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको बताएको छ । बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै फागनु महिनासम्म आगामी १० महिनालाई आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको जानकारी गराएको हो । विश्व नै लकडाउनमा परेको यो अवस्थामा विदेशी मुद्रा सञ्चिति घट्न अनुमान गरिएको थियो । पर्यटन उद्योग थला परेको र रेमिट्यान्सको स्रोत समेत घट्दै जाने अवस्था  सिर्जना हुने हालको अवस्थामा  विदेशी मुद्रा सञ्चितिमा प्रेसर पर्दै जाने अनुमान गरिएको हो

फागुनमसान्तसम्मको अवस्थाले अबको १० महिनाको आयात र ८.८ महिनाको वसतु था सेवा आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति जानकारी गराइएको हो ।  यस वर्ष ८ महिनासम्म भएको आयातलाई आधार मान्दा अबको १० महिना अर्थात २०७७ पुससम्म उक्त सञ्चितिले धान्न सक्ने देखिएको छ ।

फागुनमसान्तमा ११ खर्ब ३६ अर्ब अर्थात ९ अर्ब ६० करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । उक्त विदेशी सञ्चितिमध्य राष्ट्र बैंकमा ९ खर्ब ८३ अर्ब सञ्चिति रहेको छ भने बैंक तथा वित्तीय संस्थामा एक खर्ब ५२ अर्ब नेपाली रुपैयाँ रहेको छ । त्यस्ते गरी कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा देशको शोधनान्तर बचत ३७ अर्ब ८४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा देशको शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड घाटा रहेको थियो । अमेरिका डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा ५१ करोड ७० लाख घाटामा रहेको शोधनान्तर ३३ करोड १२ लाखले बचत रहेको छ ।

मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर शोधनान्तर स्थिति हो । शोधनान्तर बढ्नुको अर्थ विदशेबाट मुलुक भित्रिने रकम बढी हुनु हो । चालू आर्थिक वर्षमा कुनै शोधनान्तर घाटामा गएपनि अन्य महिनामा शोधनान्तर बचतमा रहेको छ ।  बचत वृद्धि हुने क्रम बढेसँगै शोधनान्तर पनि बचतमा रहेको हो ।  

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।

Ad