बैंकिङ खबर । बैंकबाट ऋण लीने करिव करिव १५ लाख ऋणीहरुमध्ये ६० प्रतिशतले चैत मसान्तमा ऋण बुझाएनन् । सम्पन्न र सक्ने व्यक्तिले समेत ऋण, व्याज र किस्ता नतिरेको बेंकहरुले बताएका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको चैत १६ गतेको सहुलीयत प्याकेजले यस्तो अबस्था आएको बताएका छन् । तीनमहिने सुविधा स्वरुप राष्ट्र बैंकले ल्याएको प्याकेजले चैत मसान्तसम्म ऋण तिर्न नसक्नेलाई राहत दिएको थियो । तर बैंकमा डिपोजिट रकम भएकाहरुले पनि आफ्नो रकम नसोधी बैंकले कर्जा असुल गर्नेगरी कट्टा गरेको, किस्ताको रकम काटेको भन्दै असन्तुष्ट जनाउन थाले । सेवाग्राहीले असन्तुष्ट जनाउन थालेपछि राष्ट्र बैंककले सेवाग्राहीसँग कोडीनेशन गरेर सहकार्य गर्न बैंकहरुलाई लगायो । जसमा समस्या भएका सेवा ग्राहीलाई रकम फिर्ता गर्न भनियो । जव यो कुरा बाहिर आएपछि केही सेवाग्राहीले रकम फिर्ता माग्न थाले ।