Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अमेरिकी राष्ट्रपतिको कदमप्रति विश्व स्वास्थ्य संगठनद्धारा खेद प्रकट

२०७७ बैशाख ५ गते

बैंकिङ खबर । कोरोना भाइरस महामारीले विश्वभर हाहाकार मच्चिएको छ । अमेरिका, ब्रिटेन, स्पेन, फ्रान्स, इटाली, चीन जस्ता देशहरू यस भाइरसबाट आक्रान्त बनेका यी देशहरुमा हरेक दिन हजारौंको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अमेरिकाले रोकेको फंड प्रति खेद प्रकट गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेबरियससले राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोष रोक्ने निर्णय गरेकोमा खेद प्रकट गरेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनलाई अमेरिकी फंडीङले काममा पार्ने प्रभावको समीक्षा भइरहेको छ । डब्ल्यूएचओका महानिर्देशकले अब आफ्ना सहयोगी देशहरूसँग मिलेर काम गर्ने प्रयास गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता आफ्नो देशबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई फंड रोक्ने धम्की दिएका थिए । त्यसपछि, ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहयोग गर्न रोक्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिको विश्व स्वास्थ्य संगठनले लामो समयदेखि कोरोनाका खतराहरूबारे थाहा पाइसकेको भएतापनि ढिलो कदम चालेको र चीनलाई सहयोग गरेकोमा आक्रोश रहेको छ ।

Ad