बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित आर्थिक मूल्याङकनको अध्ययन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले काम सुरु गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हालेकै दिन समिति गठन गरी आर्थिक क्षतिको विवरण बनाउने बताएका थिए । सोही अनुसार समितिले बुधबारबाट तथ्यांक संकलनको काम सुरु गरेको छ । राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक डा. गुणाकर भट्टको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा राष्ट्र बैंकका थप तीन सदस्य र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित ५ सदस्यीय छन् । समितिले कोराना प्रभावबाट उत्पन्न हुने आर्थिक अबस्था बारे विभिन्न क्षेत्रको अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकद्धारा ‘कोरोना प्रभावित अर्थतन्त्र’को अध्ययन सुरु
२०७७ बैशाख ३ गते