Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५ र १० रुपैयाँको गरी ६४ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२०७७ बैशाख ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६४ करोड थान नोट छाप्ने जिम्मा चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई दिएको छ । बैंकले १४ जनवरी २०२० मा द राइजिङ नेपाल राट्रिय दैनिकमा सूचना प्रकाशित गरेर ५ रुपैयाँ दरको ३० करोड थान र १० दरका ३४ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो। अब ५ दरका ३० करोड थान र १० दरका ३४ करोड थान नोटको डिजाइन, छपाई आपूर्ति उक्त चिनीया कम्पनीले गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार चिनीया कम्पनीसँग १० अप्रिल २०२० २०७६ चैत २८ गते ५ दरका ३० करोड थान नोट छाप्न अमेरिकी डलर ४३ लाख ९७ हजार ५०० मा र १० दरका ३४ करोड थान नोट छाप्न अमेरीकी डलर ४१ लाख ४० हजार ४०० मा सम्झौता भएको छ।

Ad