काठमाडौं सनसिटी अपार्टमेन्टबाट अस्पतालमा कोरोना संक्रमणको संका गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ३ जनालाई अस्पताल भर्ना गरिएको थियो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बेलायतबाट फर्किएका उनीहरुलाई सरकारले वास्ता गरेको थिएन । उनीहरु पनि सिधै घरमा बसेका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।
नेपाल राष्ट्र बैंक
सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना पुष्टि, १ जनाको रिपोर्ट आउन बाँकी
२०७७ बैशाख २ गते