
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय २१ रुपैयाँ ७४ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ३४ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ३२ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर १ सय ३३ रुपैयाँ ५८ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १सय ५१ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी जापानीज १० येनको खरिददर ११ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ११ रुपैयाँ ३३ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रिदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३सय रुपैयाँ ७ पैसा र बिक्रिदर ३ सय ९३ रुपैयाँ रहेको छ ।